नाडेप लघुवित्त वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नाडेप लघुवित्त वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति



काठमाडौ। नाडेप लघुवित्त वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । नाडेपले १ बराबर १ अनुपातमा १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको हो ।

कम्पनीको हकप्रद बिक्रीपछि नाडेपको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १५:०७