मंगलबारदेखि अनलाईन ट्रेडिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मंगलबारदेखि अनलाईन ट्रेडिङ



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले मंगलबारदेखि अनलाईन ट्रेडिङको सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि आगामी २० गतेबाट नेप्सेले अनलाईन कारोबार सुरु गर्ने भएको हो । करिब दुईको महिनाको परिक्षण पछि अनलाईन कारोबार पूर्ण रुपमा सञ्चालन हुन लागेको हो ।

अनलाईन कारोबार सुरु भएसँगै ब्रोकरहरुले नयाँ सिस्टमहरु संञ्चालन गर्नेछन् । तर, लगानीकर्ताहरुले अहिले नै अनलाईन कारोबार गर्न पाउँनेछन् ।

अहिले शेयरको कारोबार गर्नका लागि नेपालमा तोकिएका केही ब्रोकर कम्पनीहरुको मध्यस्थताको आवश्यकता पर्दछ । नेपाल स्टक एक्सचेञ्जको निरीक्षण तथा नेपाल धितोपत्र बोर्डको नियमनमा त्यस्ता ब्रोकर एजेन्टहरु विभिन्न स्थानमा रहेका छन् र शेयर किन्न वा बेच्न चाहनेले ती एजेन्टको सहायतामा खरिद बिक्री गर्न सक्दछन् ।

त्यसको विपरीत अनलाइन ट्रेडिङ प्रणालीमा चाहिँ त्यो ब्रोकर एजेन्टको काम कम्प्युटरले गर्दछ । तपाईँ कम्प्युटर वा मोबाइलमा त्यो सफटवेयर खोलेर बस्नुहुन्छ भने त्यहाँ बजारका सम्पूर्ण सूचना, विश्लेषण र सम्भाव्यताका बारेमा समेत अनलाइनमा सूचना प्राप्त गर्न सक्नुहुन्छ र क्लिककै भरमा आफूले चाहेको कम्पनीको शेयर खरिद गर्न सक्नुहुुन्छ । हाल ट्रेडिङ फ्लोरको अवस्था रहेकोमा त्यसको काम कम्प्युटरले गर्ने हो ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १३:५१