काठमाडौं । नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।प्रहरीले बस संचालनकालागि उपत्यकाभित्रका ३ वटा रुट छुट्याएको छ। नेपाल प्रहरीले निःशुल्क बस सेवा असोज ३१, कात्तिक १ र २ गते सञ्चालन गर्न लागिएको छ।
प्रहरीले सार्वजनिक गरेको अनुसार एउटा रुट कलंकीदेखि एकान्तकुना,पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्क सम्म चल्नेछ। रत्नपार्कदेखि त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ। दोस्रो रुटभने कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक, गौशाला, मैतीदेवी परिक्रमा गर्नेछ रतेस्रो रुट नयाँ बसपार्कदेखि चाबहिल, नक्साल, लैनचौर, सोह्रखुट्टे ,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ।
Comment