विजोग हालतमा विरेन्द्रको बुलेटप्रुफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विजोग हालतमा विरेन्द्रको बुलेटप्रुफ



काठमाडौं । नारायणहिटी दरबार संग्राहालय परिसरभित्र छ राहदानी विभाग । दरबारको पश्चिम ढोकाबाट प्रवेश गरे पुगिन्छ विभागमा जहाँ ०६५ साल जेठसम्म पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवलय थियो । दरबारको मुख्य भवन र विभागबीच केही खाली ठाउँ छ । त्यहाँ केही फोहोर राख्ने भाँडासँगै भेटिन्छ, कालो रंगको कार ।

दिनको हजारभन्दा बढी मानिस पासपोर्ट लिन विभाग पुग्छन्, नागरिक दैनिकमा खबर छ – तर न कसैको ध्यान त्यो कारमा परेको छ न त्यो कालो कारले नै कसैलाई आकर्षण गरेको छ । कारको दुवै लुकिङ ग्लास फुटेका छन् । कार धुलाम्य छ । धुलोले कारको वास्तविक रंगलाई छोपिसकेको छ । बा१च ९२९४ कारको नम्बर प्लेटमा उल्लेख छ । कारको अगाडिपट्टी नम्बर प्लेटको थोरै माथि लेखिएको छ – मर्सिडिज बेन्ज ।

वर्षौ भयो यो मर्सिडिज बेन्ज त्यहाँ थन्केको । कसैले मेरो हो भन्दै दाबी गर्न आएको छैन । राहदानी विभागको कम्पाउन्डभित्र रहेको यो कार कसको हो भन्नेबारे विभाग बेखबर छ । यो कार वीरेन्द्रको हो ।

प्रकाशित : २४ पुष २०७२, शुक्रबार ०३:३०