यी कुरा छन् भने ग्यास तपाईको घरमै आउछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी कुरा छन् भने ग्यास तपाईको घरमै आउछ



काठमाडौं । पैसा, शक्ति र पहुँच छ भने जति संख्यामा पनि ग्यासको सिलिन्डर घरमै आइपुग्छ । ग्यास उद्योगीले उद्योगबाट सीधै पहुँचवालालाई सिलिन्डर पुर्याइदिन्छन् ।

सर्वसाधारणले महिनौं दिनसम्म लाममा बसेर पनि नजिकको बिक्रेताबाट आधा सिलिन्डर पाउन नसकेको अवस्थामा पहुँचवालाले अर्डर दिएको दुई दिनभित्रै चाहेको परिमाणमा सहजै ग्यास पाउँदै आएका छन् ।

ग्यास उद्योगले प्रमाणीकरणमा परेका बिक्रेतामार्फत सिलिन्डर बिक्री गर्नुपर्ने सरकारी नियम वेवास्ता गर्दे ग्यास प्लान्टबाट सोझै सिलिन्डर बिक्री गरेर ढुवानी भाडा खर्चवापतको रकम हडप्नुका साथै बिक्रेताको रोजगारसमेत खोसेका छन् । ग्यास उद्योगले खाद्य, मदिरा, ग्रोसरी, मार्ट र इलेक्ट्रिक पसलबाट आफूखुसी सिलिन्डर बिक्री गर्दै आएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा छ – सर्वसाधारणलाई ग्यास वितरण गर्न नेपाल आयल निगममा सरकारले स्थापना गरेको कन्ट्रोल रुमले तयार पारेको तथ्यांकले पैसा, शक्ति र पहुँचको आडमा केही सीमित व्यक्तिले उद्योगबाट सोझै सिलिन्डर पाउने गरेको पुष्टि गर्छ ।

प्रकाशित : २४ पुष २०७२, शुक्रबार ०३:२४