विराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न ४ पम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न ४ पम्प



काठमाडौ । विराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न ४ पम्पले स्वीकृति पाएका छन् । त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् ।

स्रोतका अनुसार आपूर्तिमन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको छलफलले ४ पम्पलाई बिराटले ल्याएको पेट्रोल बिक्रीका लागि अनुमति प्रदान गरेको हो । व्यवसायी प्रधानको स्वयम्भूमा रहेको हामा आयल, सोह्रखुट्टेमा रहेको जयकुमारी र इमाडोलमा रहेको न्यु भद्रकाली पेट्रोल पम्प तथा वीरगन्जका व्यापारी श्याम रौनीयारको काँडाघारीमा रहेको समृद्धि आयल स्टोरले बिराटले ल्याएको पेट्रोल बिक्रीको अनुमति पाएका नयाँ पत्रिकाले लेखेको छ ।

विराटले ९ पुसमा ५ ट्यांकर ९७ हजार लिटर पेट्रोल विराटनगर नाका हुँदै ल्याएको थियो ।

प्रकाशित : २३ पुष २०७२, बिहीबार ०४:३०