इकोनोमिक मिडिया सोसाइटी र नाम्सको आयोजनामा जीवन बीमा तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इकोनोमिक मिडिया सोसाइटी र नाम्सको आयोजनामा जीवन बीमा तालिम



काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रालि (नाफ्स) र इकोनोमिक मिडिया सोसाइटी नेपालको संयुक्त आयोजनामा आर्थिक अनलाइन मिडियामा काम गर्ने पत्रकारहरूको लागि एक दिने जीवन बीमा तालिम सम्पन्न भएको छ । एकेडेमीको कार्यालय नक्सालमा आयोजित उक्त तालिममा २० जना पत्रकार सहभागी थिए ।

कार्यक्रममा जीवन बीमाका विविध क्षेत्र र वित्तिय प्रतिवेदनलाई कसरी विश्लेषण गर्ने भन्नेबारे जानकारी दिइएको थियो ।

 

एकेडेमीका अध्यक्ष रमेश भट्टराईले आर्थिक समाचार, त्यसमा पनि बीमा सम्वन्धी समाचारहरु लेखनमा हुने गरेका त्रुटीहरुको उदाहरण देखाउँदै त्यस्ता त्रुटीले गर्दा बजारमा गलत व्यक्ति र संस्थाले फाइदा उठाउने गरेको बताए ।

इकोनोमिक मिडिया सोसाइटीका संयोजक रामकॄष्ण पौडेलले सहभागीहरुलाई स्वागत गर्दै समाचार लेखनमा आफूहरुले भोग्ने गरेका समस्याहरु सुनाएका थिए ।

कार्यक्रममा जीवन बीमा कारोबारको प्राविधिक विषयमा नाम्सका संचालक कमल पन्थीले तथा वित्तिय प्रतिवेदनका विविध विषयमा सो कम्पनीका अर्का संचालक रामेश्वर श्रेष्ठले तालिम दिएका थिए ।

 

जीवन बीमाको प्राविधिक र आर्थिक विषयवस्तुका बारेमा अनलाइन क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि निकै फलदायी रहेको जनाइएको छ ।

बैंकिङ, बीमा, पुँजी बजार, सहकारी आदी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने गरी यस एकेडेमीको स्थापना भएको हो । त्यस्तै आर्थिक समाचारहरुलाई प्रधानता दिइ सञ्चालित मिडियाको हकहितको लागि इकोनोमिक मिडिया सोसाइटी स्थापना भएको हो ।

 

प्रकाशित : २४ भाद्र २०७५, आईतवार २१:४७