काठमाडाै । सगरमाथा इन्स्योरेन्सको कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा २०.५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो कम्पनीले गत वर्ष अघिल्लो वर्षको तुलनामा ६ करोड ६८ लाख ७७ हजार रुपैयाँले नाफा बढाएको छ ।
यो कम्पनीले गत वर्ष ३३ करोड ३० लाख ८४ हजार रुपैयाँ खुँद नाफा गरेको थियो । यस्तो नाफा अघिल्लो आवमा २७ करोड ६२ लाख ०७ हजार रुपैयाँ रहेको यो बिमा कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
यो बिमा कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ५१ करोड ७८ लाख रुपैयाँ छ । यसले बिमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ राखेको उल्लेख छ । यसको महाविपत्ती जगेडा कोषमा ७९ लाख रहेको उल्लेख छ ।
यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ८३ करोड ८० लाख कमाएको छ । यसले ९ लाख ९ हजार १६९ वटा बिमालेख जारी गरेकोमा नवीकरण भएका विमालेखको संख्या जम्मा ४२ हजार ८२५ मात्रै छ ।
यसले गत आवमा दाबी भुक्तानीमा ३२ करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । यसको भुक्तानी हुँन बाँकी रकम अझै ३७ करोड ६४ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यो बिमा कम्पनीको प्रतिशेयर आम्दानी ६१.८८ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ ३०१.७४ रुपैयाँ छ ।
Comment