जनता बैंकको मेरो तलव खाता संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको मेरो तलव खाता संचालनमा



काठमाडौँ ।श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको  पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्ववस्था गरेको छ । यस ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक-कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलव खाता संचालनमा ल्याएको छ । मेरो तलव खाता का विशेषताहरु निम्न लिखित रहेका छन् ।
– शुन्य मौज्दातमा खाता खोल्न सकिने ।
-वार्षिक व्याज दर ७ प्रतिशत ।
– दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।
– निःशुल्क Visa Debit Card (२ वर्षको लागि )
-निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा( ७ लाख सम्म ) ।
-निःशुल्क ABBS सुविधा (रु.२ लाख सम्म ) ।
-निःशुल्क Cheque, statement (on Demand tyf ASBA सेवा
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिनेछ ।”
बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १० भाद्र २०७५, आईतवार १७:४८