एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत भएको छ । यस दिन १ करोड ३६ लाख ५० हजार ८५४ दशमलव ७३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

मेगा बैंकको ९९ करोड ८६ लाख ९५१ दशमलव ५३ कित्ता बोनस र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४६१ दशमलव २० कित्ता बोनस शेयर गरी कुल १ करोड ४ लाख ४ हजार ४१२ दशमलव ७३ कित्ता बोनस शेयर सूचिकृत भएको छ भने हकप्रदमा लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता शेयर सूचिकृत भएको छ ।

त्यस्तै गरी नाडेप लघुवित्तको आइपीओ पनि यसै दिन १६ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : ७ भाद्र २०७५, बिहीबार १६:०७