डिसहोम अब फ्रि मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिसहोम अब फ्रि मा



काठमाडाैँ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित DTH सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “Dish Home Free Offer” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्यDigitalizationको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको  पे्रशविज्ञप्तिमा उल्लेख छ ।
डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।
२००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय एबथ त्ख् सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनिमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।

प्रकाशित : ३ भाद्र २०७५, आईतवार १६:००