राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले नर्भिकमा विशेष छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीले नर्भिकमा विशेष छुट पाउने



काठमाडाै । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, कर्मचारी प्रि–इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर ग्राहक र तिनका परिवारले विशेष सहुलियत एवम् प्राथमिकताका साथ स्वास्थ्यउपचार सेवा प्राप्त गर्ने भएका छन् ।

सो सम्बन्धमा नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा बैंक तथा हस्पिटलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।

समझदारीअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर÷रेटमा एम्बूलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकका कर्मचारी लगायत माथि उल्लेखित सबै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने प्याथोलोजी, अत्याधुनिक एम.आर.आई. र सी.टी.स्क्यानसहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रिया शुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १६:४७