राष्ट्रिय बीमा कम्पनी र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय बीमा कम्पनी र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको विभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्ने छ ।

यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा कम्पनीले दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ ।

यो सम्झौताले मेगा बैंकको “हलो देखी हाईड्रो” सबैलाई सुरक्षा प्रदान गर्ने छ । साथै, पशुघन र साना तथा मझौला व्यवसायीलाई यो सेवा बढी प्रभावकारी हुने कम्पनीले जनाएकाे छ । बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ व्यवस्थामा प्रभावकारी विकास गर्न सकिने दुबै पक्षको विश्वास छ ।

यसैबिच राष्ट्रिय बीमा कम्पनीले कृषी र पशु बीमा लगायत ग्राहस्थ बीमालाई प्रभावकारी बनाउने उद्देश्यले त्रियुगा नगरपालिकबीच सहमती गरि सकेको जानकारी दिइएको छ ।

प्रकाशित : ३० श्रावण २०७५, बुधबार १७:४६