एनआइसी एसियाले धादिङमा पनि खोल्यो २ नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसियाले धादिङमा पनि खोल्यो २ नयाँ शाखा



काठमाडाै । एनआइसी एसिया बैंकले धादिङमा २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले धादिङको गजुरी र गल्छीमा नयाँ शाखा खोलेको हो । गजुरी शाखाको गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छीको गल्छी गाँउपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठले उद्घाटन गरे ।

दुई नयाँ शाखा सहित हाल एनआइसी एसिया बैंकको २३४ शाखा कार्यालय, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर तथा १६ वटा शाखारहित बैंकिङ सेवा पुगेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न समेत एनआइसी सफल भएको छ ।

यस अवधिसम्म आइपुग्दा एनआइसी एसिया बैंकको वासलातको आकार १ खर्ब ७४ अर्ब भन्दा बढि पुगेको छ । बैंकले निक्षेप करिब १ खर्ब ४९ अर्ब संकलन गरी करिब १ खर्ब २० अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार जना पुगेको छ ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलवार १२:३८