कानून मन्त्री तामाङ र प्रसाईलाई कारबाही गर्न राप्रपाको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कानून मन्त्री तामाङ र प्रसाईलाई कारबाही गर्न राप्रपाको माग



काठमाडौं– कानून मन्त्री शेरबहादुर तामाङले बंगालादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलामाथि दिएको अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै राप्रपाले  मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानु मन्त्री शेरबहादुर तामाङको अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्तिप्रति राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ ।’

साथै केही दिन अघि यस्तै खालको अभिव्यक्ति दिने वि एण्ड वि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।

एक कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थी यौन उत्पीडनको शिकार बन्ने गरेको बताएका थिए ।

यसो भनेका थिए मन्त्री तामाङले

‘बंगालादेशबाट पढेर आउँदा २१ जना डाक्टरले ज्यान गुमाउनु पर्‍यो, कति मार्मिक छ अवस्था ।

आज म कथा खोल्छु, बंगलादेशमा कयौं चेलीहरु हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ  ।

मैले सुनेको छु, डाक्टरको सर्टिफिकेट लिनकोे उनले कही नै कही आफूलाई बेच्नै पर्छ ।

यति मार्मिक छ अवस्था, उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौं तर उसले सर्टिफिकेट पाउन आफूलाई सुम्पनुपर्ने अवस्था छ ।

त्यसैले सबैले मुलुकमा नै पढ्न पाउनु पर्छ भन्दा हुँदैन भन्दै प्लेकार्ड बोक्छौं । मुलुकको संवृद्धिको लागि अगाडि बढ्न खोज्दा अवरोध हुन्छ ।’

प्रकाशित : ६ श्रावण २०७५, आईतवार १४:१२