प्राईम कमर्सियल बैंकले ३३.३३ प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राईम कमर्सियल बैंकले ३३.३३ प्रतिशत हकप्रद दिने



काठमाडौं ।प्राईम कमर्सियल बैंक लिमिटेडले आगामी पुष २९ गते आठौ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ ।

सञ्चालक समितिको बैठकले ५६ करोड ५२ लाख नौ हजार चार सय ९८ रुपैंयाँ बराबर अर्थात १८ प्रतिशत बोनस सेयर तथा शुन्य दशमलब ९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो ।

गत आर्थिक बर्षमा बैंकले ८० करोड खुद नाफा कमाएको थियो । बैंकसँग अहिले तीन अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी छ । १८ प्रतिशत वोनस सेयरपछि चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

साथै बैंकले बोनशशेयर वितरण पश्चात एक अर्ब २३ करोड रुपैयाँ बराबरको ३:१ अर्थात (तीन शेयर बराबर एक शेयर) हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरेको छ । हकप्रद जारी पश्चात बैंकको चुक्तापुँजी ४ अर्ब ९४ करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।

प्रकाशित : ७ पुष २०७२, मंगलवार ०९:५९