काठमाडौ । संसदको विधायन समितिले बुधबार भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई पारित गरेको छ । समितिबाट पारित भएपछि यो विधेयक छलफलको लागि संसदमा पठाइने भएको छ ।
त्यसमा नेपाली कांग्रेसका सांसद अञ्जना ताम्लीले राखेको पुरानो नियुक्तिलाई कायमै राख्नुपर्ने भन्ने प्रस्तावलाई असहमतिको दस्तावेजको रुपमा समितिले संसदमा पठाएको छ ।
Comment