प्रधानमन्त्रीले एक्कासी किन दिए राजिनामा ? यस्तो छ रहस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्रीले एक्कासी किन दिए राजिनामा ? यस्तो छ रहस्य



प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजीनामा बुझाएको सरकारी अधिकारीहरूले बताएका छन् । जोर्डनका प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उनले राजिनामा दिएका हुन् । ‘प्रधानमन्त्री मुल्कीले उहाँको राजिनामा राजा समक्ष पेश गर्नु भएको छ, राजाले उहाँको राजिनामाको अपेक्षासहित राजदरबारमा भएको बैठकमै उहाँले राजिनामा दिनु भएको हो,’ समाचार श्रोतले भन्यो ।

राजाले शिक्षा मन्त्री ओमर अल रज्जाजलाई नयाँ सरकार गठन गर्न आदेश दिएको पनि श्रोतले जनाएको छ । राजधानी अम्मान र देशका प्रमुख सहरहरूमा गत बुधबार देखि सरकार विरुद्ध सशक्त आन्दोलन सुरु भएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको सिफारिसमा सरकारले आय कर लगाउने सम्बन्धी कानुनको मस्यौदा पारित गरेको विरोधमा प्रदर्शन भएको हो ।

त्यसैगरी, मदागास्कारका प्रधानमन्त्री ओलीभियर महाफाल्य सोलोनान्ड्रासानाले पनि सोमबार नै राजिनामाको घोषणा गरेका छन् । उच्च संवैधानिक अदालतले उनलाई गत हप्ता सात दिन भित्रमा राजिनामा दिन आदेश दिएकाले उनले आज राजिनामा घोषणा गरेका हुन् । ‘मैले मेरो पदबाट राजिनामा दिएको छु, यसमा कुनै समस्या छैन, मैले राष्ट्रपतिलाई मेरो राजिनामा पत्र पठाउने छु,’ सोमबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीभियरले भने ।

उनले उच्च संवैधानिक अदालतको निर्णयका कारणले नै आफुले राजिनामा दिन लागेको स्पष्ट पारेका छन् । अदालतले सम्झौता अनुसार नयाँ सरकार बनाउन पनि आदेश दिएको थियो । मैले अदालतको आदेशप्रति कुनै प्रतिवाद नगरी राजिनामा दिने निर्णय गरेको छु, त्यसलाई सहयोग गर्न नै मैले राजिनामा दिन लागेको हुँ,’ उनले भने पुर्वप्रधानमन्त्री जेअन राभेलोनारिभोलाई विस्थापित गर्दै ५३ बर्षिय नेता ओलीभियर सन् २०१६ को अप्रिल १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित : 6 June, 2018 10:10 pm