सरकार र सेयर लगानीकर्ताबीचको छलफलमा के के भयाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सरकार र सेयर लगानीकर्ताबीचको छलफलमा के के भयाे ?



काठमाडाै ।  सरकार र सेयर लगानीकर्ताबीचको छलफल निष्कर्ष विहिन भएको छ । सरकारले आइतबारदेखि बोनस सेयर र हकप्रद सेयरको लागत मूल्यमा लाभकर लगाएपछि आन्दोलित भएका लगानीकर्ताले सोमबार राजश्व सचिव शिशीरकुमार ढुङ्गानाले वार्तामा बोलाए पछि लगानीकर्ताहरु वार्तमा पुगेका थिए । तर ढुङ्गानाले लगानीकर्ताका कुरा सुनेर अर्थमन्त्रीसंग यसबारे जानकारी गराउने बताएको एक लगानीकर्ताले बताए ।

सरकारले हकप्रद र बोनस शेयरमा समेत लाभ कर लगाउने भएपछि लगानीकर्ताले कारोबार नगर्ने घोषणा संगै अान्दोलनमा उत्रेका छन् । सरकारले हकप्रद र बोनस शेयरमा कर लगाउँदा आधार मूल्यमै लगाउन धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएपछि लगानीकर्ताले आज नेपाल स्टक एक्सचेन्ज घेराउ गरे ।

सरकारले आइतबारदेखि नै बोनस र हकप्रदको आधार मूल्यमा कर लाग्ने निर्देशन दिएको दिएको थियो। यसैको विरोधमा लगानीकर्ताका संघ संघठनले प्रेश विज्ञप्ती जारी गर्दै आन्दोलनमा जाने बताएका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १४:००