रिचार्जर एपको अफर, १ रुपैयाँमै पाईन्छ वल्डकप जर्सी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

रिचार्जर एपको अफर, १ रुपैयाँमै पाईन्छ वल्डकप जर्सी



काठमाडौं । विश्वकप फुटलको अवसरमा मोबाईल एप रिचार्जरले १ रुपैंयामै जर्सी उपलब्ध गराउने भएको छ । विश्वकप फुटबल नजिकिँदै गर्दा एप रिचार्जरले ९ सय ९९ रुपैयाँ पर्ने जर्सी १ रुपैंयामा उपलब्ध गराउने भएको हो । एपले आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि १ रुपैयाँमा जर्सी अफर उपलब्ध गराएको हो । विश्वकप फुटबल सुरु हुन २ साता मात्र बाँकी हुँदा रिचार्जरले नेपाली फुटबल पारखीलाई लक्षित गर्दै १ रुपैयाँ जर्सी अफर ल्याएको हो । अफर आगामी आइतबार दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुने एप रिचार्जरले जानकारी दिएको छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले सय रुपैंया क्यास व्याक पाउने छन । त्यस पछि जति रकमको मोबाइल रिचार्ज गर्ने हो त्यत्ति नै रकम क्यास व्याक पाउनेछ । यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । ‘५ सय क्यास व्याक सदुपयोग गरी १ रुपैंया भुक्तान गर्दा ९ सय ९९ रुपैंयाँको जर्सी पाउनु हुनेछ,’ ग्लोबल टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । अफर सिमित अवधिका लागि मात्रलागू हुने उनले जानकारी दिए ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने ग्लोबल टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताएका छन । नेपालमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जरले लिएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७५, शनिबार १४:२२