अन्तर्राष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ अब डिसहोममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अन्तर्राष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ अब डिसहोममा



काठमाडौं । अन्तर्राष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ डिसहोमको रमाइलो टिभिमा प्रशारण हुने भएको छ । डिसहोमले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘भ्वाइस अफ नेपाल’ डिसहोमको रमाईलो च्यानलमा प्रशारण हुने जानकारी दिएको हो ।

साउन महिनाको पहिलो हप्तादेखि प्रशारण हुने उक्त शो प्रथम संस्करणमा ३० भागसम्म प्रशारण गरिने बताइएको छ । उक्त कार्यक्रम प्रायोजनका लागि डिसहोमले एडी रिलिज प्रालिसँग सम्झौता गरेको छ । डिसहोमले पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा आफैले उत्पादन गरेका च्यानलहरु प्रशारण गर्दै आएको छ ।

प्रकाशित : 31 May, 2018 6:09 pm