एन्फा अध्यक्ष थापालाई १० वर्षे प्रतिबन्ध, २१ लाख जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन्फा अध्यक्ष थापालाई १० वर्षे प्रतिबन्ध, २१ लाख जरिवाना



काठमाडौं । फिफाको अनुशासन समितिले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षे प्रतिबन्ध गरेको छ । १० वर्षे प्रतिबन्धसहित थापालाई २१ लाख जरिवाना समेत तोकिएको छ ।

फिफाको स्वतन्त्र अनुशासन समितिले अध्यक्ष थापालाई १० वर्ष प्रतिबन्ध लगाउनुको साथै २० हजार स्वीस फ्रान्क जरिवाना समेत गराउन निर्णय भएको हो । राप्रपा नेपालको कोटाबाट सांसद समेत रहेका थापालाई सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको अभियोग फिफाले लगाएको छ ।

दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । भएका उनी उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका भाइ हुन् ।

प्रकाशित : ३० कार्तिक २०७२, सोमबार १५:१८