सनराइज बैंकद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी



काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने बैंकले जनाएको छ ।

यसै क्रममा बैंकका गैहृीधारा शाखाका ग्राहक विष्णु लक्ष्मी खरेल अस्पतालमा भर्ना हुदाँ लागेको उपचार खर्च १५ हजार ८ सय ३८ रुपैयाँ बराबरको रकम बैंकका नायब महाप्रबन्धक रविन नेपालले निजका छोरा डा. अस्वस्थामा भक्त खरेललाई प्रदान गरेका थिए ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७५, मंगलवार २२:३८