१६ कम्पनीको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१६ कम्पनीको बोनस शेयर सूचिकृत



काठमाडौं। बैशाख महिनामा मात्र १६ वटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्च(नेप्से)मा सूचिकृत भएको छन् । गुणवील फाइनान्सको १०.१९ प्रतिशत बोनस शेयर बैशाख ३ गते नै सूचिकृत भएको धितोपत्र बोर्डले जनाएको छ । त्यस्तैगरि, सृजना फाइनान्स ३२.५० प्रतिशत बोनस, एभरेष्ट बैंकको ३३ प्रतिशत, शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस, साल्ट ट्रेडिङको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तैगरि, नेपाल इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनस, कञ्चन डेभलपमेन्ट बैंकको १२.३३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंकको ६.१६ प्रतिशत,साइन रेसुङगा डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ ।

त्यसैगरि, डिप्रोक्सु लघुवित्त संस्थाको १६ प्रतिशत,समता माइक्रो फाइनान्सको २० प्रतिशत, नेशनल माइक्रो फाइनान्सको २० प्रतिशत, प्रिमियर इन्स्योरेन्स कम्पनीको १३.५२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३१ दशमलब ४८ प्रतिशत र मल्टिप्रपोज फाइनान्सको १२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको बोर्डले जनाएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७५, शनिबार २२:०२