लक्ष्मी बैंकका शाखा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकका शाखा कति ?



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गरेको छ । सोहि क्रममा बैंकले महोत्तरीको मनरा र रामेछापको खा्रंडादेवी गाउपालीकामा नयाँ शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरुको संचालनसंगै बैंकको शाखा संजाल ८२ पुगेको छ । यस्तै बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग सेवा र ४०० भन्दा बढि मोबाईल एजेन्टहरुमार्फत वित्तीय सेवा दिदै आएको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार १३:३९