एशियन लाईफ इन्स्योरेन्सको नाफा ३ करोड ३२ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एशियन लाईफ इन्स्योरेन्सको नाफा ३ करोड ३२ लाख



काठमाडाैं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ३२ लाख रुपैयाँ कमाएको छ । यो गत बर्षको तुलनाभन्दा १२ दशमलब ०९ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ९६ लाख रुपैयाँ कमाएको थियो ।

८० करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २२ करोड ३१ लाख रुपैयाँ र जीवन बीमा कोषमा १२ अर्ब ९ करोड ५० लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको आम्दानी १६ दशमलब ३२ प्रतिशतले बढेर ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च १५ प्रतिशतले बढेर २ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यही अवधिमा कम्पनिले १ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने १२ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको बीमा शुल्क आर्जन कुल १४ अर्ब ९१ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५६ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसको २ लाख ५ हजार ३ सय ४६ वटा बीमा लेख कायम रहेको छ । यही अवधिमा कुल ३ हजार ४४ वटा दाबी भुक्तानी गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्स प्रतिशेयर आम्दानी ५ दशमलब १५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १ सय २७ दशमलव १३ गुणा, प्रति शेयर नेटवर्थ १ सय २७ दशमलव ७० रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य १ हजार ६ सय ७५रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० बैशाख २०७५, आईतवार ११:२६