“सन्दीपले आईपीएल खेल्नु दुई देशको सम्बन्धमा नयाँ आयाम” (भिडियो हेर्नुहोस) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

“सन्दीपले आईपीएल खेल्नु दुई देशको सम्बन्धमा नयाँ आयाम” (भिडियो हेर्नुहोस)



काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध समयानुसार गतिशिल र थप बलियो हुँदै गएको दाबी गर्नुभएको छ । काठमाडौ महानगरपालिकाले आयोजना गरेको अभिनन्दन ग्रहण गरेपछिको कार्यक्रममा मोदीले दुई देशको सम्बन्ध ऐतिहासिक र राजनीतिक मात्र नभइ नागरिक नागरिकबीचमा पनि उत्तिकै बलियो रहेको बताउनुभएको हो ।

नेपालका सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा अनुबन्ध भएको भन्दै मोदीले दुई देशबीचको सम्बन्ध यसले अझै सुदृढ बनाएको र भावी दिनमा नागरिक नागरिकको सम्बन्ध अझ बलियो हुने दावी पनि गर्नुभयो । तर मोदीले यसो भने पनि सन्दिपले अहिलेसम्म भने अाईपिएलमा डेब्यु गर्ने अवसर पाएका छैनन् । उनले दुई पटकको नेपाल यात्राका क्रममा पवित्र धार्मिकस्थल पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको दर्शन गरेको भन्दै अर्को पटक समय मिलाएर बुद्धको जन्मभूमि लुम्बिनी जाने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले भने, ‘दुई पटकको यात्रामा पशुपतिनाथको यात्रा गर्न पाएँ। यो पटक मुक्तिनाथजनकपुर जाने अवसर पनि पाईयो । यो महत्वपपूर्ण तीर्थ स्थलमात्र होइन । भारत र नेपालको अटुट सम्बन्धको उदाहरण हो । म अर्को पटक बुद्धको जन्मभूमि लुम्बिनी जाने पक्कै प्रयास गर्नुे छु । बुद्ध हामी दुबै देशको मानवजातिको धरोहर हो । ’

भारतले बुद्धबारे गलत प्रचार गरिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मिएको बताएका हुन् । नेपालीमा सम्बोधन सुरु गरेका मोदीले आफूलाई नागरिक अभिनन्दन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई धन्यवाद समेत थिए । उनले नेपालीमा भने, ‘राष्ट्रिय सभा गृहमा तपाईहरुलाई पनि अभिनन्दन गर्दछु । मलाई अभिनन्दन गर्नुभयो । म आभारी छु । यो मेरो मात्र हाेइन पुरै भारतको सम्मान हो ।’

नेपाल र भारतबीचको आफ्नै खालको सम्बन्ध रहेको भन्दै मोदीले आफूले पनि अभिनन्दित भएर सौभाग्य पाएको बताए । जहिले पनि नेपाल आउँदा आफूलाई आत्मीयताको अनुभूति हुने माेदीले बताए । भिडियो हेर्नुस्

प्रकाशित : 12 May, 2018 7:03 pm