यदि तपाईं स्टक बजारमा टिकी रहन चाहानुहुन्छ भने यी कुराबाट जोगिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

यदि तपाईं स्टक बजारमा टिकी रहन चाहानुहुन्छ भने यी कुराबाट जोगिनुस्



शेयर बजारमा हुने उतारचढावले निकै नै चुनाैती पैदा गर्दै अाएको छ । बजार बढ्दा शेयर खरिद गर्न नै नसक्ने अवस्था अाउछ भने घट्दा काैडीको भाउ समेत पाइन सक्दैन । यस्तो उतारचढाबको अवस्थामा तपाई अाफ्नो शेयर होल्ड गर्ने वा बेच्ने भन्नेमा पनि निर्णय गर्न सक्दैनाैँ । अनतराष्ट्रिय सञ्चार माध्यमले यहि समस्याको बारेमा तयार पारेको केही टिप्स हामी यहाँ प्रस्तुत गर्दै छाैँ ।

कमजोर शेयर बेच्नुस , राम्रोलाई राख्नुस

धेरै लगानीकर्ताहरुले राम्रो कम्पनीको शेयर केही नाफा हुने बित्तिकै बिक्री गर्ने हतारो देखाउँछन् । यो गलत प्रवृति हो । राम्रो अवस्थाको कम्पनीको शेयर लामो समयसम्म होल्ड गर्न सके त्यसबाट ठूलै रिटर्न पनि प्राप्त हुन्छ । यसतर्फ विशेष ध्यान दिनुपर्छ । बरु आफूसँग भएको कमजोर कम्पनीको शेयर बिक्री गरेर त्यसको लगानी पनि लङ टर्मका लागि राम्रो कम्पनीमा गर्नुहोस् । किनकि कमजोर कम्पनीको शेयरको मूल्य भविष्यमा झनै घट्न सक्छ । त्यसो त स्तरीय शेयरलाई होल्ड गरेर कमजोर कम्पनीको शेयर बिक्री गर्ने सिद्धान्त कार्यान्वयन गर्न अप्ठ्यारो पनि हुनसक्ला । राम्रो कम्पनीको थोरै शेयर किनेर लामो समयसम्म होल्ड हुन सकेमा मात्र शेयर बजारको असली विजेता बन्न सकिन्छ । त्यसकारण थोरै संख्यामा मात्र शेयर छ, मैले त के कमाउन सकूँला र ? भन्ने भ्रम पनि त्याग्नुपर्छ । राम्रो प्रदर्शन गरिरहेको सेयरलाई पनि नजरअन्दाज गर्नुहुन्न ।

अर्कोतर्फ, कुनै पनि कम्पनीको शेयरमा पहिरो गएपछि त्यो फेरि बढ्ला भन्ने कुनै ग्यारेण्टी हुन्न । त्यसकारण राम्रा शेयरलाई कहिले बेवास्ता नगर्नुहोस् । आफ्नो विचारमा जुन शेयरले खराब प्रदर्शन गरिरहेको छ, त्यसलाई बेलैमा बिक्री गर्नु नै उचित हुन्छ । तर, कुनै शेयरबाट गुमाएँ भन्दैमा चिन्ता नगर्नुहोस्, कारण यसले तपाईंको अनुुभव र शेयरसम्बन्धी ज्ञानलाई बढाइरहेको हुन्छ । गुमाउँदाको अवस्थाबाट सिकेर अगाडि बढ्नु पनि एउटा महत्वपूर्ण टिप्स हो । यी दुवै अवस्थामा कुनै पनि शेयरको मूल्य वृद्धि हुने भविष्यका सम्भाव्यताको बिषयमा अध्ययन गरेर मात्र निर्णय लिनु उचित हुन्छ । चाहिने भन्दा बढी डराउनु वा अत्तालिनु पनि शेयरमा लगानीमा घातक प्रवृति हो ।

 

लङ टर्मको दृष्टिकोण एडप्ट गर्नुहोस्

छोटो समयमै हुने ठूलो फाइदाले बजारमा आएका नयाँ लगानीकर्तालाई प्राय आकर्षित गरिरहेको हुन्छ । तर लामो समयसम्मका लागि दृष्टिकोण बनाउनु, लामो समयको लगानी योजना बनाउनुु र बजारमा प्रवेश गर्ने, लगत्तै निस्किने तथा घाटा व्यहोर्ने प्रवृति निरुत्साहित हुनुपर्छ । तर यसको अर्थ छोटो समयका लागि लगानी गर्ने र बजारमा सक्रिय कारोबारीले कमाउँदैनन् भन्ने चाहि होइन । तर लगानी गर्नु र सक्रिय रुपमा सेयरको कारोबार गरी नाफा कमाउनु भिन्न कुरा हुन् । शेयरको व्यापारमा धेरै जोखिम हुन्छ, यो जोखिम किन्ने र होल्ड गर्ने लगानीकर्ताले व्यहोरेको हुँदैन । यस्तै, सक्रिय कारोबारी सफल बन्न निश्चित क्षमता हुनुपर्छ, जुन क्षमता लगानीकर्तामा नभए पनि हुन्छ ।

ब्राण्डेड कम्पनी मात्र नहेर्नु

धेरै ठूला कम्पनीहरुको पारिवारिक नाम र प्रतिष्ठा हुन्छ । तर विश्वका कैयन् राम्रा लगानीकर्ता यस्ता पृष्ठभूमिबाट उठेका हुँदैनन् । हजारौं साना कम्पनीहरुसँग भोलि ठूलो कम्पनी बन्ने संभावना जिवितै हुन्छ । वास्तवमा, इतिहासदेखि नै ठूला भन्दा साना कम्पनीहरुले राम्रो रिटर्न दिइरहेका छन् । जस्तो, साना शेयरले अमेरिकामा औसतमा १२.२७ प्रतिशत रिटर्न दिन सफल भए भने स्तरीय शेयरको रिटर्न भने १०.५३ प्रतिशतमा मात्र सीमित थियो । यो तथ्यांक सन् १९२६ देखि २००१ सम्मको त्यहाँको शेयर कारोबारबाट निकालिएको हो । तर यसो भनेर हामीले तपाईंले सबै लगानी साना मूल्यका शेयरमै गर्नुहोस् भन्ने सुुझाव दिन खोजेका होइनौ ।

यी कुराबाट जोगिनुस्


बुल मार्केटबाट सजिलो गरि पैसा कमाउने माैका मिल्छ । लामाे समय देखि लगानी गर्दै अाएका लगानीकर्ता सर्ट ट्रम ट्रेन्डर बन्छन । तपाइले छोटो समयमा धेरै पैसा त तपाइले हात पर्नु हुन्छ तर जब मार्कटको सेन्टिमेन्ट नेगेटीभ हुन्छ तब तपाईसंग घटिया क्वालिटीको मात्रै स्टक बच्छ ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार ११:५६