सिद्धार्थ बैंकमा रामेश्वर बस्याल कामु सीईओ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकमा रामेश्वर बस्याल कामु सीईओ नियुक्त



काठमाडौं  । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।   

प्रकाशित : 3 December, 2025 11:29 am