नेप्सेमा १२ दशमलव २१ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा १२ दशमलव २१ अंकको गिरावट



STOCKकाठमाडौ ।  नेप्से परिसुचक १२ दशमलव २१ अंकको गिरावट आई १ हजार १ सय ७१ दशमलव २७ वन्दुमा कारोबार भएको छ । क बर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ७८ अंकले बढेर २ सय ५३ दशमलव ८० बिन्दु पुगेको छ । आज विक्रि शेयर बजारमा खरिद चाप बढेको देखिन्छ ।

कम्पनीहरुको लांभाश दिने घोषणले पुँजी बजार प्रभावित भएको छ । हिजो नेप्से ४  दशमलव ४७ अंकले बढेको थियो भने  ऐभरेष्ट बैंकको ११ करोड रुयैंयाँ बराबरको कारोबार भएको थियो र शेयरको खरिद विक्रि चाप सामान्य रहेको थियो ।

संविधान जारी भएपछि राजनितीमा स्थिरता आउने आशाले नेप्से बढने लगानीकर्ताहरुको अपेक्षा  रहेको  थियो । तराई बन्द र भारतले लगएको नाकाबन्दी कारण नेप्सेमा पनि प्रभावित भएको  देखिन्छ । भारतले नाकाबन्दी  खुलाएपनि आयत निर्यात भने संम्भव भएको छैन । संविधान आएपछि देशको विकासको अपेक्षा  राखेका नेपाली जनताले तराईवसीको आन्दोलनले फेरी जनतामा निराशापन  छाएको छ र यसले सम्रग देशको अर्थतन्त्रलाई असर गरेको छ ।

आज १ सय १८ कम्पनीको २ हजार ६८ कारोबारबाट ४ लाख ८८ हजार ७ सय ६७ कित्ता शेयर खरिद बिक्रि भई करिब ३७ करोड ५३ लाख ९० हजार ८ सय ४९ रुपैयाँ बराबरको  भएको पुँजी परिचालन भएको छ ।

उपपरिसूचकहरुमा बिकास बैंक समुह शुन्य दशमलव २४ प्रतिशतले बढेको छ भने  बैकिंग समुह  १ दशमलव ५८ प्रतिशत, जलवियुत समुह शुन्य दशमलव ५७ प्रतिशत, बिमा समुह २ दशमलव ५५ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव २ प्रतिशत, होटेल समुह शुन्य दशमलव ०२ प्रतिशत अन्य समुह शुन्य दशमलव ९१  प्रतिशतले घटेको  छ ।

कारोबार रकमको आधारमा ऐभरेष्ट बैंकको ४ करोड ९९ लाख ७० हजार रुपैयाँ, नबिल  बैंकको प्रमोटर शेयर ३ करोड ७२ लाख ५२ हजार रुपैयाँ र नबिल बैंकको २ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याको आधारमा  इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्सको २४ हजार २ सय ४ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

छिमेक लधुवित्त बिकास बैंक, पश्चिमाञ्चल फाइनान्स  र नेरुडे लधुवित्त बिकास बैंकका लगानीकर्ताले सर्वाधिक  कमाएका छन् भने लक्ष्मी लधुवित्त बिकास बैंक, कन्काई  विकाश बैंक र  नबिल बैंक लमिटेडका लगानीकर्ताले सर्वाधिक  गुमाएका छन् ।

प्रकाशित : १८ आश्विन २०७२, सोमबार ११:५२