मेरो माइक्रोफाइनान्स मुनाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेरो माइक्रोफाइनान्स मुनाफा घट्यो



काठमाडौ। मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ९९ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १३ दशमलव ५१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

मेरो माइक्रोफाइनान्सले २८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड ३७ लाख रुपैयाँ राखेको छ । फाइनान्सले निक्षेपमा ६४ प्रतिशतले वृद्धि गरी ६९ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जाप्रवाहमा ३६ दशमलव ६१ प्रतिशतले वृद्धि गरी ३ अर्ब २ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

मेरो माइक्रोफाइनान्सको खुद व्याज आम्दानी १ दशमलव २९ प्रतिशतले घटेर १५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ९६ प्रतिशतले घटेर ९ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ । यसले प्रोभिजनमा ५५ लाख रुपैयाँ राखेको छ ।

मेरो माइक्रोफाइनान्स(MERO)को निष्कृय कर्जा १ दशमलव ३९ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशलमव ८९ प्रतिशत र सिडि रेसियो ४३२ दशमलव ७७ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ बैशाख २०७५, सोमबार १०:४५