जनता बैंकले नेप्लिज पार्किन्सन डिजीज एसोशिएसनलाई हस्तान्तरण गर्‍यो व्यायाम मेसिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले नेप्लिज पार्किन्सन डिजीज एसोशिएसनलाई हस्तान्तरण गर्‍यो व्यायाम मेसिन



काठमाडाै । जनता बैंकले नेप्लिज पार्किन्सन डिजीज एसोशिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त मेसिन हस्तान्तरण गरिएको हो । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले एसोशिएसनलाईं सो मेसिन वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकका सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरे । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।

प्रकाशित : १६ बैशाख २०७५, आईतवार १८:२८