सूर्या लाईफ इन्स्योरेन्सको हकप्रद भर्ने हैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाईफ इन्स्योरेन्सको हकप्रद भर्ने हैन ?



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले १० बराबर ४ को अनुपातमा हकप्रद निष्कासन गरेको छ । कम्पनीको शेयर निष्कासन प्रयोजनका लागि २०७५ वैशाख ५ गते एकदिन शेयरधनी किताब बन्द भएको छ ।

सूर्या लाईफको हकप्रद शेयर वैशाख ३१ गतेदेखि साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सूर्या लाईफले चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।

बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रक्रियामा रहेको सूर्या लाईफले १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर बिक्री गर्न पुस २४ गते निवेदन पेश गरेकोमा बोर्डले चैत १ गते अनुमति प्रदान गरेको हो ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले बीमा समितिले तोकेको बमोजिम २०७५ सम्ममा २ अर्ब पूँजी पुर्याउनु पर्नेहुन्छ ।

हकप्रद निष्कासनका लागि सुर्या लाईफले एनआइसी एशिया क्यापिटललाई यसअघि नै शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रकाशित : १६ बैशाख २०७५, आईतवार ११:११