सहकारी स्थानीय तहलाई हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी स्थानीय तहलाई हस्तान्तरण



डडेल्धुरा । जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गरेका हुन  ।

चौंतीस सहकारी अमरगढी नगरपालिकालाई, २८ परशुरामलाई, नवदुर्गालाई २८, गन्यापधुरालाई २३, अजयमेरुलाई २२, आलिताललाई २० र भागेश्वरलाई १७ वटा सहकारी हरुतान्तरण गरिएको सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिए ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १४:३३