अर्थमन्त्रीद्वारा संसदमा श्वेतपत्र प्रस्तुत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्थमन्त्रीद्वारा संसदमा श्वेतपत्र प्रस्तुत



काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा श्वेतपत्र प्रस्तुत गरेका छन् ।

यसअघि अर्थमन्त्रालयले बुधबार श्वेतपत्र जारी गर्ने भनेपनि प्राविधिक कारणले जारी हुन सकेको थिए ।

श्वेतपत्र प्रस्तुत गर्दै खतिवडाले बजेट अनुशासनको पालना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । स्थापित मान्यता विपरीत कर छुट दिने गरेकोले त्यसको असर अर्थतन्त्रमा देखिएको उनको भनाई थियो ।

डा. युवराज खतिवडा

डा. खतिवडाले घटिरहेको शेयर शेयर बजारबारे पनि प्रतिक्रिया दिएका छन् । उनले शेयरको संख्यामा अधिक वृद्धि भएका कारण बिक्री चाप आउँदा बजार घटेको बताए । उनले बजार सुधारका लागि नीतिगत रुपमा धेरै सुधार आवश्यक रहेको समेत सम्बोधनमा उल्लेख गरेका छन् ।

श्वेपत्रको लागि मन्त्रालय करिव महिनादेखि नै जुटेको थियो । देश एकिकृत राज्य प्रणालीबाट संघीय संरचनाअनुसार विकेन्द्रीत हुँदै गइरहेको अवस्थामा खर्चका स्रोतहरू बाँडिदै गएको र आम्दानीका स्रोत घट्ने निश्चित हुँदा आर्थिक परिसूचक नकारात्मक रहको हालको अवस्थालाई चित्रण गर्न अर्थ मन्त्रालयले श्वेतपत्र जारी गर्ने प्रकृया अगाडि बढाएको थियो । देशको वास्तविक अर्थतन्त्र बुझ्न तथा आमजनतालाई देशको यथार्थ चित्रण दिन श्वेतपत्र जारी गरिएको हो ।

पछिल्लो समय बैंकहरू लागनी गर्न नसक्ने अवस्थामा पुगेका छन् । देशको शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा छ । रेमिट्यान्सको दर घट्दो छ । अर्थतन्त्रमा टेवा पु¥याउने पूँजीगत खर्च करिब २३ प्रतिशतको हाराहारीमामात्र खर्च हुन सकेको छ ।

देशमा आएको परिवर्तन र सरकारी खर्च नहुँदा तथा बैंकहरूले आक्रमक रुपमा लगानी गरिहेका बेला वित्तीय क्षेत्रमा देखिएको तरलता अभावले अर्थतन्त्रमा पार्न सक्ने असरलाई समेत औल्याएर मन्त्रालयले श्वेतपत्र जारी गरेको हो ।

प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार १५:५९