१५ दशमलव ४८ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१५ दशमलव ४८ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स १५ दशमलव ४८ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएको ट्रेडिड.र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६४ कमपनीको १४ लाख २७ हजार ९ सय ८१ कित्ता सेयरबाट ३८ करोड ७१ लाख ७८ हजार ४ सय १ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ६६ दशमलव ३५ अंकले उकालो लागेको छ। आज जलविधुत समुह ४१ दशमलव ६ अंकले,विकास बैँक समुह २० दशमलव ४५ अंकले, लघुवित्त समुह १९ दशमलव ९९ अंकले, उत्पादनमुलक समुह १० दशमलव २३ अंकले, होटल समुह ८ दशमलव ०६ अंकले र  फाइनान्स समुह ५ दशमलव ६७ अंकले उकालो लागेको छ ।
आज ट्रेडिड र अन्य समुहले भने गुमाएका छन् । आज ट्रेडिड समुह ३ दशमलव ०४ अंकले ओरालो लागेको छ भने अन्य समुह ० दशमलव ०३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १५:२१