खुल्यो मञ्जुश्री फाइनान्सको हकप्रद, कहाँबाट दिने आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो मञ्जुश्री फाइनान्सको हकप्रद, कहाँबाट दिने आवेदन



काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको हकप्रद शेयर चैत ८ गतेदेखि खुल्ला भएको छ । कम्पनीले १०० बराबर ५ को अनुपातमा अर्थात चुक्तापूँजीको ५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र ५ प्रतिशत हकप्रदपछि ८० करोड ४० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा फागुन ८ गतेसम्म कायम शेयरधनीले २०७५ बैशाख १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कहाँबाट दिने आवेदन

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल तथा पोखरा, मञ्जुश्री फाइनान्सको बानेश्वर तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति लिएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार १४:०७