देव विकास बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देव विकास बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं । देव विकास बैंक लिमिटेडले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता शेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रदमा फागुन १६ गतेसम्म कायम शेयरधनीले फागुन २६ गतेदेखि २०७५ वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

देवः ले साझा विकास बैंक र युनियन फाइनान्स एक्वायरपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार ७ रुपैयाँ ३५ पैसा पुग्नेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हकप्रदमा एनआईबीएल एस क्यापिटल मार्केट मुख्य कार्यालय लाजिम्पाट, शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल, ललितपुर तथा चिप्लेढुँगा पोखरा साथै देव विकास बैंकको केन्द्रीय कार्यलय लालदरबार तथा धुलिखेल, कोटेश्वर, नारायाणगढ, टंगल, पाँचखाल, न्यूरोड, मलेखु, कुस्मा, बट्टार, भक्तपुर, बालाजु, बोनश्वर, मेलम्ची, धार्के, बसुन्धरा, गैंडाकोट, आरुङ्गखोला, दलदले, टाँडी लगातयका शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार ११:४३