३६५ दिने बैंकिङमा सेञ्चुरी आक्रामक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३६५ दिने बैंकिङमा सेञ्चुरी आक्रामक



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २ वटा शाखाबाट सार्वजनिक विदाको दिन समेत बैकिङ सेवा प्रदान गर्दै आएकोमा त्यसलाई बिस्तार गरी २० वटा शाखाबाट सेवा प्रवाहको थालनी गरेको छ ।

प्रधान कार्यालय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा चैत १० गते(सार्वजनिक बिदाको दिन)देखि लागू हुने गरी सेञ्चुरी बैंकका कुल २० वटा शाखाबाट ३६५ दिने नगद कारोबार तथा ९ वटा कार्यालयहरुबाट ३६५ दिने नगद कारोबार र लकरको सुविधा उपलब्ध गराइने बैंकले घोषणा गरेको हो ।

काउण्टर संचालन हुने शाखा यस्ता छन्:

लकर सुविधा भएका शाखाहरु:

बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार ११:०८