१५ दशमलव ०५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१५ दशमलव ०५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १५ दशमलव ०५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको होटल समुहले बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५९ कम्पनीको ९ लाख ६२ हजार ९ सय ५२ कित्ता सेयरबाट ३२ करोड ८९ लाख १६ हजार ४ सय ३९ रुपैयाको कारोबार भएको छ।

मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १ सय ५२ दशमलव १८ अंकले ओरालो लागेको छ । आज उत्पादनमुलक समुहतर्फ ४३ दशमलव ५७ अंकले, जलविधुत समुह २० दशमलव ४५ अंकले लघुवित्त समुह २० दशमलव ३६ अंकले, विकास बैँक समुह १५ दशमलव २३ अंकले, बैँक समुह ९ दशमलव ७९ अंकले, पाइनान्स समुह ८ दशमलव ९७ अंकले र अन्य समुह ७ दशमलव ०८ अंकले ओरालो लागेको छ।

आज होटल समुह भने ओरालो लागेको छ ।

प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १५:२१