नेपाल लाइफले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफले बोलायो साधारणसभा



काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स  कमपनीले चैत २८ गते १८ औं वार्षिक साधारण सभा  बाेलाएकाे  छ ।सभाले  १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने   प्रस्ताव पारित गर्ने भएको छ ।

 हाल यो कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरको संरचना ७०ः३० को अनुपातमा रहेको छ । कम्पनीले यसलाई परिवर्तन गरी ६०ः४० बनाउन लागेको हो ।

वीरगञ्जको होटल भिष्वामा आह्वान गरिएको साधारणसभामा संचालक समितिले यसअघि प्रस्ताव गरेको ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश समेत स्वीकृत हुनेछ । हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । बोनस स्वीकृतपछि चुक्तापूँजी बढेरु ४ अर्ब ३९ करोड माथि पुुग्नेछ ।

यसैबीच, नेपाल लाइफले साधारणसभा प्रयोजनका लागि चैत १४ देखि २८ गतेसम्म बुक क्लोज हुने प्रष्ट पारेको छ । यसको अर्थ नेपाल लाइफको साधारणसभा सहभागी हुन, घोषित लाभांश पाउन चैत १३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।

 

प्रकाशित : ४ चैत्र २०७४, आईतवार ११:२७