काठमाडौं। एनआइसी एसिया बैंकले कामु सीईओमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई नियुक्त गरेको हो । यस अघि न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए।
साथै सञ्चालक समिति बैठकले लक्ष्मण रिसालले गरेको राजीनामा स्वीकृत गरेको छ। रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए।
Comment