काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो ।
यसअघि नै प्रभु लाइफइन्स्योरेन्सले ताहाचल, वीरगंज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुरमा शाखा विस्तार गरिसकेको छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै सर्वसाधारणका लागि शेयर निष्काशनको तयारी गरेको छ ।
Comment