सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ शुक्रबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सार्क ‘विजनेश लिडर्स कनक्लेभ’ शुक्रबार



काठमाडौँ । दक्षिण एशियाको आर्थिक एवं व्यापारिक क्षेत्रको विकासमा नेतृत्वदायी भूमिकामा रहेका नीतिनिर्माता, उद्यमी, व्यापारी एवं प्राज्ञको ‘विजनेस लिडर्स कनक्लेभ’ शुक्रबार  हुने भएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका उद्योग वाणिज्य क्षेत्रका अग्रणी संघहरुको साझा संस्था सार्क उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त त्रिदिवसीय सम्मेलनमा सार्कका आठै राष्ट्रका उद्योग वािणज्यमन्त्रीका साथै औद्योगिक एवं आर्थिक क्षेत्रका वरिष्ठ व्यक्तिको सहभागिता रहने संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो ।

सम्मेलनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, श्रीलंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगाका साथै सार्क राष्ट्रका मन्त्रिपरिषद्का सदस्यले सम्बोधन गर्ने कार्यक्रम छ । आर्थिक एकीकरणबाटै दक्षिण एशिया समृद्धिको मार्गमा अग्रसर हुने सम्मेलनको विषय छ । सार्क क्षेत्रको साझा समृद्धि, सदस्य देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट सल्टाउँदै सबैसँग सहकार्य गरी प्रगतिका पथमा अघि बढ्ने प्रणका साथै विश्व अर्थव्यवस्थामा सार्क राष्ट्रको भूमिका, ऊर्जा र सहकारीका माध्यमबाट सार्क मुलुकमा प्राप्त उपलब्धि र भावी कार्यदिशाबारे व्यापक विचारविमर्श हुनेछ ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १७:२०