काठमाडौं। पुँजी बजार निरन्तर ओरालो घटेपछि लगानीकर्ता अर्थमन्त्री समक्ष पुगेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई भेटी पूँजीबजारको विकास र विस्तारका लागि विभिन्न १६ बुँदे माग राखेका छन ।
त्यस्तै ब्रोकरको संख्या तथा क्षेत्राधिकार विस्तार गर्नुपर्ने साथै विगत लामो समयदेखि चर्चामा रहेका वाणिज्य बैंकहरुमार्फत शेयर कारोबार गर्ने सुविधा विस्तार गर्ने माग पनि फोरमको छ । त्यस्तै पूर्ण अनलाईन कारोबार, पुँजीबजारमा गैरआवासिय नेपालीलाई भित्राउनका लागि आवश्यक कानूनको निर्माण गर्नुपर्नेमा बोर्डले ध्यानाकर्षण गराएको छ ।
त्यस्तै धितोपत्र बोर्ड, नेप्से, सीडिएस लगायतका निकायहरुको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने साथै नयाँ स्टक एक्सचेञ्जको स्थापना र नेप्सेको संरचनागत सुधार गर्ने फोरमले सुझाएको छ ।
हेरौं फोरमले अर्थमन्त्री समक्ष राखेका माग जस्ताको तस्तै
फोरमले देश आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्र्दैगर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर घटिरहनु र नियामक निकाय प्रतिक्रिया विमुख रहनुले १५ लाखभन्दा बढि लगानीकर्ताहरुको भावनामा गम्भीर चोट पुगेको उल्लेख गरेको छ ।
Comment