३१ दशमलव ०४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३१ दशमलव ०४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ३१ दशमलव ०४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६० कमपनीको ७ लाख ६३ हजार ५ सय ९१ कित्ता सेयरबाट ३२ करोड ५१ लाख ९ हजार २ सय ५४ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २ सय ४३ दशमलव १८ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह ६४ दशमलव ६५ अंकले, होटल समुह ६३ दशमलव ५२ अंकले, उतपादनमुलक समुह ५२ दशमलव १७ अंकले, लघुवित्त समुह ४५ दशमलव ५२ अंकले, विकास बैँक समुह २५ दशमलव ६४ अंकले, बैँक समुह २३ दशमलव १५ अंकले, अन्य समुह १० दशमलव ७५ अंकले र फाइनान्स समुह ८ दशमलव ६८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १५:१६