खुल्यो प्राइम लाईफको १६० प्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो प्राइम लाईफको १६० प्रतिशत हकप्रद



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद शेयरको बिक्री  आजदेखि खुल्ला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको १६० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको हो ।

हकप्रद निष्कासन प्रयोजनका प्राइम लाईफले फागुन १७ गतेदेखि शेयरधनी पुस्तिका बन्द गरेको थियो । यसर्थ कम्पनीको १६० प्रतिशत हकप्रद फागुन १६ गतेसम्म शेयर खरिद गरेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्राइम लाईफ इन्स्योरेन्सको हकप्रदमा प्राइम लाईफ इन्स्योरेन्स लिमिटेड काठमाडौं र यसका सम्पूर्ण शाखा कार्यालय, सिद्वार्थ क्यापिटल लिमिटेड नारायाणचौर नक्साल तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

हकप्रदमा फागुन २७ गतेदेखि २०७५ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार ११:२२