काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स १८ दशमलव ६९ अंकले उकालो लागेको छ। । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५८ कमपनीको १० लाख ४७ हजार ४ सय ९४ कित्ता सेयरबाट ४२ करोड ६८ लाख २१ हजार १ सय १८ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १सय ६१ दशमलव ४३ अंकले उकालो लागेको छ। आज जलविधुत समुह ३० दशमलव ७३ अंकले, लघुवित्त समुह २५ दशमलव ६४ अंकले, होटल समुह २४ दशमलव ५६ अंकले,विकास बैँक समुह १९ दशमलव ९१ अंकले,बैँक समुह १५ दशमलव ५५ अंकले, फाइनान्स समुह ५ दशमलव ३३ अंकले, अन्य समुह ३ दशमलव ०९ अंकले र टे«डिड. समुह ३ दशमलव ०४ अंकले, उकालो लागेको छ।
बुधबार उतपादनमुलक समुहले भने गुमाएको छ। आज उतपादनमुलक समुह २ दशमलव ३९ अंकले ओरालो लागेको छ ।
२३ फाल्गुन २०७४, बुधबार १५:२०
Comment