राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक



काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगले आज साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ ।

संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार २२:३९