संसदीय दलको उपनेता गच्छदार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संसदीय दलको उपनेता गच्छदार



काठमाडौं । संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् ।

गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार प्रस्तावक बसेका थिए । यही बैठकबाट संसदीय दलको प्रमुख सचेतक मनोनयन गर्ने भनिएपनि त्यो नभएको बैठकपछि दलको नेता शेरबहादुर देउवाले बताए । सचेतक बारे छलफल भएपनि स‌ंसद बैठकमा जानु पर्ने भएकाले समय अभाव भएकाे बताइएकाे छ ।

देउवाले संसदीय दलको प्रमुख सचेतक डा. मिनेन्द्र रिजाललाई बनाउने सम्भावना छ । कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय बन्नेछ । यस्तै, संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

सभापति देउवा प्रतिस्पर्धी प्रकाशमान सिंहलाई हराउँदै सोमबार मात्रै संसदीय दलको नेता चुनिएका हुन् । देउवाले अब कार्यसमिति बनाउने छन् । देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्रप्त गरे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच चुनावी प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको साथ थियो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह भने दुवैतिर बाँडियो ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १६:२२